Home Top News वीरगन्जमा शिक्षामन्त्री सुमनाको प्रशंसा, गृहमन्त्री रविको विरोध

वीरगन्जमा शिक्षामन्त्री सुमनाको प्रशंसा, गृहमन्त्री रविको विरोध

by Ankushdaily
170 views

वीरगन्ज ।

आफ्नै पार्टीको गृहमन्त्री भएपनि आफ्नै शहरमा आफ्नु गृहमन्त्रीको पुत्ला दहन हेरेर बस्नु पर्ने अवस्था आएको रास्वपाका कार्यकर्ताहरूले राष्ट्रीय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई गुनासो गरेका छन् ।

सता बाहिर रहदा गृहमन्त्री रवि लामिछानेले जनतालाई आसदिलाए पनि अहिले जनता र पार्टीकै कार्यकर्ताहरू लाई रुष्ट बनाएको गुनासो गरेका थिए ।

वीरगन्जमा राष्ट्रीय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल लाई वीरगंजका मेयर राजेशमान सिंहले गरेको किर्ते काण्ड, सुनकाण्ड, सरनार्थी प्रकरण लगायतमा एकस्नमा जानुपर्नेमा गृहमन्त्री चुकेको गुनासो गरेका थिए ।

रास्वपाले ईलाम जिल्लामा भएको उपनिर्वाचनमा पार्टीले शर्मनाक हार व्योहरे पछि देशभर आफ्ना समर्थक र कार्यकर्ताको अवस्था र पार्टीको वस्तुस्थिति बुझ्न टोली खटाए अनुरूप पर्सा जिल्लामा पार्टी महामन्त्री मुकुल ढकाल सोमबार वीरगन्ज आईपुगेका थिए । मंगलबार आदर्शनगरस्थित होटल कन्ट्री इन्नमा आयोजित भेलामा सहभागीहरुले कडा रोष प्रकट गरेका थिए । आफु सरकारमा नहुँदा वीरगन्जको मेयर राजेशमान सिंहले अरूको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज खडा गरी नागरिकता दिलाएको बारे सदनमा आवाज उठाउने रवि लामिछाने आफु उपप्रधान एवं गृहमन्त्री भएपछि किन कारवाही नगरेको , यसमा कुनै लेनदेन भएको कुरा बजारमा आएकोले यश बारे स्पष्ट पार्न आग्रह गरेका थिए ।

अंकुश सँग कुरा गर्दै एक सहभागीले नाम उल्लेख नगर्ने शर्तमा गृहमन्त्रीको बोली र व्यवहारले जनताको बिचमा आफुलाई जान असजिलो भएको भन्दै पार्टी सरकारमा नहुँदा बरू स्थानीय प्रशासन प्रहरीले नेताहरुलाई बोलाएर राय सुझाव लिने गर्थियो , तर जुन बेला देखि दोश्रो पटक उपप्रधान एवम गृहमन्त्री भएपछि डाक्न समेत छोडी दिएको कुरा समेत उठेको बताए ।

सो अवसरमा शिक्षा मन्त्री सुमना श्रेष्ठको सहभागी नेता तथा कार्यकर्ताले खुलेर प्रशंसा समेत गरेका थिए ।

सो भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य डा. नन्दन यादव, मधेस प्रदेशका सदस्य हरि पन्त, पर्सा जिल्लाको संयोजक दिलीप कुर्मी, उपसंयोजक तुलसा पौडेल अधिकारी ,नेता मुर्ली जलान, महादेव कर्मी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.