Home समाचार लागुपदार्थ दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

लागुपदार्थ दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Ankushdaily
15 views
सन्तोष रंजितकार,
वीरगन्ज ।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मुनालाइट बोर्डिङ्ग स्कुलामा अध्यनरत कक्षा ७ र ८ का बिद्यार्थीहरुलाई लागुपदार्थ दुर्व्यसन तथा ओसार पसार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्की रहनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ नाय निरीक्षक कार्कीले बिद्यार्थीहरुलाई लागुपदार्थ सेवनबाट हुने बेफाइदा र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने सहभागी बिद्यार्थीहरुले लागु पदार्थबाट जोगिन र सरी अरुलाई जोगाउन सकिन्छ बारे जानकारी समेत उनले दिएका थिए ।

लागु औसध प्रयोग तथा रोकथाममा बिद्यार्थीहरुको अहम भुमिका एवं देश कर्णधार भविष्य बिद्यार्थी भएकोले यसको रोकथाममा समेत बिद्यार्थीहरुको अहम भुमीका रहेको प्रहरी वरिष्ठ निरीक्षक टेक बहादुर कार्कीको भनाइ रहेको थियो ।
कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार एवं मुनालाइट बोर्डिङ्ग स्कुलका प्रीन्सपल श्याम केसी, सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य मुन्ना दहाल, भवानी पौडेल,अन्कित गिरी,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका प्र.स.ह कुमार बिक, प्र.स.ह अमित कुमार यादव, प्रहरी जवान शत्रुधन कुशवाह लगायत शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचीव श्रवण रायमाझीले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.