Home Top News भारतसँगका पर्साका सीमानाका बन्द

भारतसँगका पर्साका सीमानाका बन्द

by Ankushdaily
20 views
वीरगञ्ज ।
भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् ।
विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उहाँले जानकारी दिनुभयो ।
“दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उहाँले भन्नुभयो । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.