Home Top News नस्लिय चिन्तनबाट राज्य संचालन हुनु आफैमा दुर्भाग्य पूर्ण : सचिव चौहान

नस्लिय चिन्तनबाट राज्य संचालन हुनु आफैमा दुर्भाग्य पूर्ण : सचिव चौहान

by Ankushdaily
21 views
वीरगञ्ज ।
कृष्ण सेन इच्छुक स्मृति सम्मान पत्रकारिता पुरस्कारबाट कृष्णउदास खनाल र प्रेस सेन्टर क्रियाशील पत्रकारिताबाट राम मण्डललाई सम्मानित गरिएको छ ।पुरस्कृत दुवैजनालाई जनही २१/२१ हजार रुपैंयाको पुरस्कार प्रदान गरिएको हो ।
आज होटल वृन्दावनमा प्रेस सेन्टर नेपाल पर्साद्वारा आयोजित कार्यक्रममा वहाँ लगायत वरिष्ठ पत्रकार सुदर्शन राज पाण्डे, जगत राई लाई पनि पर्साको संस्थापक भएको नाताले सम्मनित गरिएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले संयुक्त रूपमा सबैलाई सम्मान पत्र दिएर सम्मान गरेका थिए । सो अवसरमा नेपालको पत्रकारिता क्षेत्र माथि राज्यबाट हस्तक्षेप बढेकोमा सचिव चौहानले चिन्ता व्यक्त गर्नु भयो । उन्ले राज्यले गर्ने कार्यवाही माथि विभेद भएको भन्दै नस्लिय चिन्तनबाट राज्य संचालन गरिनु आफैमा दुर्भाग्य पूर्ण भएको भन्दै यस्तो जटिल परिस्थितिमा पत्रकारहरु दलिय चिन्तनबाट माथि उठेर एकजुट हुन पर्ने अवस्था सृजना भएको बताए ।
प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुषाल, वीरगन्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल, नेपाल बार एसोसिएसनका अध्यक्ष कमल मोहन उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युबराज खड्का लगायतकाले शुभकामना व्यक्त गर्नु भयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.