Home समाचार सदस्यता वितरणमा गरेको जालसाजी विरूद्ध मधेश प्रदेशद्वारा कडा बिरोध

सदस्यता वितरणमा गरेको जालसाजी विरूद्ध मधेश प्रदेशद्वारा कडा बिरोध

by Ankushdaily
24 views
वीरगन्ज ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले बिरोध पत्र जारी गरेका छन्।  उहाँले नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समितिले सिफारिस नगरेको र प्रदेश समितिले समेत नाम नपठाएकाहरुको सदस्यता नविकरण गर्नु र नयाँ सदस्यता प्रदान गर्नु गैरवैधानिक र गैरनैतिक कार्य रहेको र यसको कडा भर्त्सना गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको सदस्यता नामावलीमा स्थायी कर्मचारी, स्थायी शिक्षक, मृत्यु भैसकेका, सदस्यताबाट राजिनामा दिइसकेका तथा सदस्यताका लागि जिल्ला र प्रदेश समितिमा आवेदन नदिएका व्यक्तिहरुका नाम समेत रहेको आपतिजनक रहेको पत्रमा उल्लेख छ ।
उक्त पत्रमा नेपाल पत्रकार महासंघको जिल्ला कार्य समिति र प्रदेश कार्य समितिले पठाएको नामावली मध्येबाटै सदस्यताको नविकरण गर्न र नयाँ सदस्यता प्रदान गर्न माँग गर्दै वर्तमान अवस्थामै नेपाल पत्रकार महासंघ प्रदेश समितिको निर्वाचन गराउन असहज रहेको जानकारी गराएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.