Home समाचार जेनेभामा स्वास्थ्य मन्त्री यादवको सम्बोधन, डब्लुएचओको भुमिकाको उच्च प्रशंसा

जेनेभामा स्वास्थ्य मन्त्री यादवको सम्बोधन, डब्लुएचओको भुमिकाको उच्च प्रशंसा

by Ankushdaily
16 views
विरगंज ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपेली देश स्वीट्जरल्याण्डको जेनेभा सहरमा आयोजना गरेको “७७ औँ विश्व स्वास्थ्य सम्मेलन”लाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सम्बोधन गर्नु भएको छ ।
सम्बोधनका क्रममा उनले डब्ल्यूएचओले आफ्नो सात दशक लामो कार्यकालमा संसारभर करोडौँ व्यक्तिहरूको जीवन जोगाउन खेलेको भूमिकाका लागि आभार प्रकट गर्दै  नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न, जनस्वास्थ्य प्राथमिकताहरूलाई अगाडि बढाउन र कोभिड-१९ विरुद्धको लडाइँमा हामीलाई साथ दिएर गरेको सहयोगको लागि पनि डब्ल्यूएचओको भुमिका उच्च प्रशंसा गर्नु भयो ।
साथै नेपाली नागरिकहरूको स्वास्थ्य प्रतिको हाम्रो गम्भीरता र विगत दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिका बारेमा जानकारी गराउँदै वर्तमान अवस्थामा  स्वास्थ्य प्रणालीलाई थप सुधार गर्दै विभिन्न समस्याहरूलाई सम्बोधन गर्नेदेखि दिगो विकास लक्ष्यहरू पूरा गर्नका निमित्त आवश्यक सहयोग र हस्तक्षेपका लागि हामीलाई अगामी दिनहरूमा  डब्ल्यूएचओलगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.