Home Top News अस्पताल विकास समितिद्वारा मेसुको स्वेच्छाकारी कदमको विरोध

अस्पताल विकास समितिद्वारा मेसुको स्वेच्छाकारी कदमको विरोध

by Ankushdaily
77 views
बिरगंज
नारायणी अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाइएकोमा अस्पताल विकास समितिले विरोध जनाएको छ ।
अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले सोमबार एक विज्ञप्ति जारी गरी एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाबाट हटाएका थिए ।
मंगलबार अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ता तथा सदस्यहरु रमेश चौधरी,किरण शर्मा र अक्षय झाले एक विज्ञप्ति जारी गर्दै अस्पतालका निमित्त मेसु हकले पूर्वाग्रही भएर स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाबाट हटाएको आरोप लगाएका हुन् ।
मेसु लगायतका कर्मचारीहरुको मिलेमतोमा पुर्वाग्रह राखि स्वेक्षाकारी मनोमनी तरिकाले केहि अस्पतालका कर्मचारीहरुको सेवा अवधि समाप्त गरिएको सम्बन्धमा अस्पताल बिकास समितिसँग कुनै पनि किसिमको समन्वय नगरी आफू खुसी सुचना प्रकाशन गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको अस्पताल विकास समितिले जनाएको छ ।
गरिब, असहाय तथा न्यून आर्थिक अवस्था भएको बिरामीहरुको केन्द्रका रूपमा रहेको यस अस्पतालमा उक्त कर्मचारीहरुलाई सेवाबाट हटाइए पश्चात थपिएको सेवा बन्द भई सेवाग्रही लाई सेवा प्रवाहमा समस्या भएमा सो को सम्पूर्ण जिम्मेवारी अस्पतालको निमित्त प्रमुख मेडिकल सुप्रिटेन्डेन्टले नै लिनु पर्ने समितिले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.