Home राजनीति मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

by Ankushdaily
7 views
बिरगंज ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो । उहाँले विश्वासको मत पाउने नदेखिएकाले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने बारेमा आज दिउँसो बस्ने जसपा संसदीय दलको बैठकले तय गर्ने जनाइएको छ ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएका थिए । कुनै दलको विभाजन भएमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिनभित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
सरकारमा रहेको एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिने निर्णय लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने पक्का छ ।
हाल १ सय ७ सदस्य रहेको मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक÷एक सिट रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.