Home Top News जनमतका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै

जनमतका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै

by Ankushdaily
23 views
बिरगंज ।
जनमत पार्टीले सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले  उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए।
मधेसमा जनमनको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको छ।
संसदीय दलका नेता महेशप्रसाद यादवलाई रोकेर जनमत पार्टीले अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
उनि सप्तरी क्षेत्र–२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्।  सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.