Home मुख्य समाचार मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान

मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान

by Ankushdaily
9 views
बिरगंज ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सरकार ढलेपछि मुख्यमन्त्रीको लागि आव्हान गरिएको हो । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको आह्वान अनुसार अब केन्द्रिय सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नेछ । प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर आफ्नो दाबी पेश गर्नुपर्नेछ ।
सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित भएका कारण मधेशमा नयाँ सरकार गठनको वातावरण बनेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.