Home समाचार `ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड´ कार्यक्रम सम्पन्न

`ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड´ कार्यक्रम सम्पन्न

by Ankushdaily
26 views
वीरगंज
विश्व वातावरण दिवस २०२४ को अवसरमा `ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड´ कार्यक्रम सम्पन्न भएको 
लिभिङ् विथ इन्भायरमेन्ट (वातावरण: जिउने आधार)द्वारा आयोजित सो कार्यक्रमको उद्घाटन मधेश विश्व विद्यालयका उपकुलपती डा. दिपक शाक्यले गर्नुभएको थियो कार्यक्रम वीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्लास्टिक, कागज र पुरानो कपडा प्रयोग गरी नयाँ लुगाहरू बनाएर आफै लगाएर प्रस्तुतगरेका थिए
सो कार्यक्रममा २० भन्दा बढी विद्यालयलाई सहभागिताको लागि आमन्त्रण गरिएता पनि विद्यालय मात्र सहभागि भएको आयोजकले जनाएको थिय रोयल एकेडेमी, अल्पाइन स्कुल सालोम स्कुलका विद्यार्थीहरु मात्र सहभागि भएका थिए कार्यक्रमको अन्तिमसमयमा आएर मात्र आफुहरु सहभागि हुन् नसक्ने विद्यालयहरु जानकारी गराएपछि आयोजक संस्थाका सदस्यहरु दु:खित भएका थिए
संस्थाले छिट्टै ‘इको च्याम्प’ नामक नयाँ परियोजना सुरु गर्ने संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले जानकारी दिनुभयो, जसमार्फत विद्यार्थीले वातावरण र फिल्ड कामकाबारेमा थप जानकारी लिनेछन् । उनले यस परियोजनाले विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, विविध व्यक्तित्वसँगसम्बन्ध निर्माण गर्ने र विज्ञहरुबाट सिक्ने अवसर प्रदान गर्ने बताए । उनले संस्थाले १२ जून २०२४ देखि २५ जूनसम्म सदस्यता खोलेको जानकारी दिए । सदस्यका लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र स्नातक तहकाविद्यार्थीले फारम भर्न सक्नेछन् । उक्त फारम ‘लिभिङ विथ एन्वायरमेन्ट’ संस्थाको आधिकारिक फेसबुक पेजमा उपलब्ध रहेको संस्थाले जनाएको छ ।
संस्थाकी कार्यक्रम संयोजक अनामिका तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता चन्चला दास, पोखरियानगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपालपर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार राधेश्याम पटेल, संस्थाका लक्की बर्नवाल, आयुष्मा सोनी, प्रार्थना शाह, सुमन ठाकुर, उज्ज्वल राउत, धिरज कुशवाहा, बिक्की सिंहलगायतको  उपस्थिती रहेको थियो

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.