Home खेलकुद विश्वकप खेल्न सन्दीप लामिछाने वेष्ट इण्डिज जाने

विश्वकप खेल्न सन्दीप लामिछाने वेष्ट इण्डिज जाने

by Ankushdaily
9 views
बिरगंज ।
नेपाली क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।
प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ ।
आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.