Home समाचार हावाहुरीबाट पीडित भएकालाई क्षतिपूर्ति दिन सांसद चौरसियाको माग

हावाहुरीबाट पीडित भएकालाई क्षतिपूर्ति दिन सांसद चौरसियाको माग

by Ankushdaily
13 views
बिरगंज ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मा. अजयकुमार चौरसियाले पर्सा जिल्लामा ठूलो हावाहुरीका कारण उत्पन्न भएको समस्याबारे जानकारी गराउँदै क्षतिपूर्तिको माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकिस्मक समय लिएर बोल्दै सांसद चौरसियाले पर्साका पीडित जनतालाई सरकारको कुनै तहले सहयोग नगरेको बताए । उनले छिटोभन्दा छिटो प्रभावित जनतालाई राहतको माग गरेका छन् ।
उनले भने, ‘गएको बुधबार राति १२ बजे कमसेकम डेढ सय किलोमिटरको स्पिडमा पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा आँधी तुफान जस्तो अवस्था थियो । पानी र असिना पनि थियो । दर्जनौं गाउँको सयकडौं घरको छानो उडाएको छ । बालिनाली पनि नष्ट भएको छ । बगैचनाका रुख र बिजुलीको पोलहरू ढलेका छन् । बाटो अबद्ध भएका छन् ।’
‘देशमा तीन वटा सरकार छ । कुनै पनि सरकारको पीडितहरूमा क्षतिपूर्ति र राहत दिने कार्य भएको छैन । पर्सामा राहत र क्षतिपूर्तिको व्यवस्था होस्’, सांसद चौरसियाले भने ।
उनले भने ‘मधेशमा खानेपानीको धाराहरू सुक्दै गएको छ । सरकारले कुनै पनि ध्यान दिएको छैन । स्थानीय तह र प्रदेश सरकार कानमा कपास हालेर सुतेको छ । केन्द्र सरकारले खानेपानीको स्रोत सुक्दै गएकोमा ध्यान दिनुपर्छ’, 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.