Home » Blog » पछिल्लो आठ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिटेन्स

पछिल्लो आठ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिटेन्स

Ankushdaily
0 comment 30 views
काठमाडौँ ।
चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ ।
विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यो १४.८ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका असुसर यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.