Home » Blog » मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

Ankushdaily
0 comment 25 views
बीरगंज ।
मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा मधेश सरकारका खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालले क्रिकेटको बिकासको लागि मधेश सरकार सदैव साथ रहेको बताए ।
उनले मधेश प्रिमियर लिग तथा क्रिकेटका अन्य गतिबिधि संचालनकाकागि मधेश प्रदेश क्रिकेट संघसंग सहकार्य गर्ने जानकारी समेत गराए ।
कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ईलाइट कपलाई भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाकि नराख्ने बताए । उनले पर्सा क्रिकेट संघले गर्ने कार्यलाइ महानगरले सदैव साथ दिने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले मधेश प्रदेशका आठ जिल्ला उत्कृष्ट क्रिकेट खेलाडीद्वारा भरिएको बताए । उनले नयाँ खेलाडीहरुले आफनो दावेदारी पेश गर्न समेत आग्रह गरे ।
उनले नयाँ खेलाडीहरुलाई आवश्यक वतावरण बनाउनकालागि नेपाल क्रिकेट संघले आवश्यक पहल गर्नु पर्ने सुझाव ब्यक्त गरे । कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए।
त्यसै गरी सचिव श्रेष्ठले पेश गरेको बार्षिक कार्यक्रम अनुसार मधेश प्रिमियिर लिगको आयोजना, ८ वटै जिल्ला बीच रातो बलले लामो क्रिकेटको प्रतियोगिता, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद सहित सम्मान लगायतको कार्यक्रम पेश गरेका थिए ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, पर्साका अध्यक्ष मनिश सिंह तथा नेपाल क्रिकेट संघका पूर्व सदस्य दाउद अन्सारी लगायतले आफना मन्तव्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले गरेका थिए भने स्वागत मन्तव्य मधेश प्रदेश क्रिकेट संघका सदस्य शत्रुघ्न साहले ब्यक्त गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.