Home » Blog » बाढी पीडितलाई राहत वितरण

बाढी पीडितलाई राहत वितरण

Ankushdaily
0 comment 9 views
सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहरवामा बाढी तथा डुबानबाट पीडित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ । ग्रामिण विकास केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले अक्सफाम नेपालको आर्थिक सहयोगमा संञ्चालित आपतकालीन बाढी प्रतिकर्य २०८१ अन्तर्गत राहत वितरण गरेको हो ।
अविरल वर्षाका कारण बाढी र डुबानले प्रभावित ५० घरपरिवारलाई प्रत्यक्ष रूपमा उनीहरूकै समुदाय टोल बडहर्वा पुगेर आकस्मिक खाद्यान्न सामाग्रीहरु, अस्थाई आवास (म्याट, त्रिपाल र डोरी, महिला सरसफाई सामाग्री, हाइजीन किट सेट लगबयत १५ किसिमका आवश्यक सामग्रीहरु प्रदान गरिएको हो । कार्यक्रम सहजकर्ता ज्योती फुयालका अनुसार, स्थानीय प्रशासन र प्रहरीको सहयोगमा वितरण गरिएको राहत सामग्री विशेषगरी हाल बिस्थापित साथै अति विपन्न तथा गरिब परिवारलाई प्राथमिकतामा राखिएको थियो । राहत वितरण कार्यक्रमका गापा अध्यक्ष शम्भु सिंहले बाढीको कारणले घरबारविहीन भएका पीडितहरूलाई केही राहत मिलेको बताए। सिंहको आग्रहमा अक्सफाम नेपालले दिएको सहयोगबाट ग्रामीण विकास केन्द्र नेपालले यो सहयोग गरेको हो। सिंहले यसअघि पनि प्रारम्भिक अवस्थामा चिउरा, भुजा र दालबुट जस्ता आपतकालीन खाद्य सामग्री वितरण गरेका थिए ।
राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धर्मनाथ चौधरी, अक्स्फाम नेपालका प्रतिनिधि विवेक कार्की, आरडी सी नेपालका  कार्यकारी निर्देशक आशिष कुमार सिंह, तथा कार्यक्रम संयोजक चिरञ्जीवी महत्वको समेत सहभागिता रहेको थियो । हाल आकस्मिक राहत प्राप्त गरे पनि  करिब २५० घरपरिवार अझै पनि सडकमा बस्न बाध्य छन् । बाढीले निम्त्याएको यस आपतमा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का ४५ वर्षीय गान्धी साह र वडा नं ७ का राजकरण मुखियाको ज्यान गइसकेको छ ।
साथै, सर्पको टोकाइका कारण २० जनाभन्दा बढी सर्वसाधारण स्वास्थ्य जोखिममा परेका छन् । स्थानीय प्रशासनले तत्काल थप राहत तथा उद्धारको आवश्यकता रहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सरकारले प्रभावित क्षेत्रलाई तत्काल प्रभावकारी सहयोग पुर्याउन अपिल गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.