Home » Blog » भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

Ankushdaily
0 comment 10 views
विरगंज ।
भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ ।
८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो । यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।
भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुख प्रकट गरेका छन् । आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ ।
रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।
सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

टाटा समुहको नेतृत्व अब कस्ले गर्छ ?


अहिलेसम्म टाटा समूहको सर्वोच्च पदमा टाटा परिवारका सदस्य रहदैँ आएका थिए तर यस्तो अवस्थामा धेरैको मनमा प्रश्न छ कि रतन टाटाको विदाई पछि उनको विरासत कसले सम्हाल्छ ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग छ, उनी टाटा परिवारका होइनन्।
१८६८ मा यसको स्थापना पछि १९०४ सम्म यस समूहको संस्थापक जमसेटजी एन टाटाले सुरुको नेतृत्व गरेका थिए । उनी पछि समूहको जिम्मेवारी सर दोराबजी टाटा, जेआरडी टाटा र २०१२ मा रतन टाटाले गरेका थिए ।  हाल, रतन टाटाका सौतेनी भाइ नोएल नवल टाटाका छोराछोरी लेह, माया र नेभिल अन्य पेशेवरहरू जस्तै कम्पनीमा काम गरिरहेका छन्।
जेठी छोरी लेह टाटाले स्पेनको म्याड्रिडको आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्। २००६ मा, उनी ताज होटल रिसोर्ट्स र प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा सामेल भएकी थिईन । हाल उनी द इन्डियन होटल्स कम्पनी लिमिटेडको उपाध्यक्षको रूपमा कार्यरत छिन्।
कान्छी छोरी माया टाटा समूहको प्रमुख वित्तीय सेवा कम्पनी टाटा क्यापिटलमा विश्लेषकको रूपमा सामेल भइन् । जबकि उनका भाइ नेभिल टाटाले ट्रेन्टमा आफ्नो व्यावसायिक यात्रा सुरु गरे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.