Home » Blog » पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)

पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)

Ankushdaily
0 comment 29 views
काठमाडौं । 
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो ।
 सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रवार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
 त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।
प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.