Home » Blog » ट्रम्पले टिकटकलाई दिए थप ७५ दिनको समय

ट्रम्पले टिकटकलाई दिए थप ७५ दिनको समय

Ankushdaily
0 comment 20 views
काठमाडौँ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले टिकटकले अमेरिकी कानुन अनुसारको व्यवस्था गर्न ७५ दिनको समय दिएका हुन् ।
यसअघि बन्द भएको टिकटक ट्रम्पको आश्वासनपछि, टिकटकले अमेरिकामा आफ्नो सेवाहरू पुनः सुरु गरेको थियो ।
टिकटकले अमेरिकामा जनवरी १९ मा प्रतिबन्धमा पर्नु अघि आफ्नो गतिविधि बन्द गरेको थियो ।
गत शुक्रबार, अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएपछि टिकटक मुश्किलमा परेको थियो ।
अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो ।
अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.