Home » Blog » महाकुम्भ मेलामा भागदौड हुँदा १० भन्दा बढीको मृत्यु, अमृत स्नान रद्द

महाकुम्भ मेलामा भागदौड हुँदा १० भन्दा बढीको मृत्यु, अमृत स्नान रद्द

Ankushdaily
0 comment 133 views
एजेन्सि ।
भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिएको छ । जसका कारण कम्तीमा १० भन्दा बढीको / ५० भन्दा बढी घाइते भएकोसमेत बताइएको छ । 
भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान करिब १:३० बजे भएको यस घटनामा १० भन्दा बढीको मृत्यु भएको छ। तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन। 
भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले भने, “संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो।” 
घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्। संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 
दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ। संगम किनारामा एनएसजी कमाण्डो तैनाथ गरेर सर्वसाधारणको प्रवेश बन्द गरिएको छ। प्रयागराजमा भीड बढ्न नदिन, प्रयागराज सहरसँग सीमा जोडिएका सबै जिल्लामा भक्तजनलाई रोक्नका लागि निर्देश गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। 
आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ।
प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने सम्भावना रहेको छ। त्यसको एक दिनअघि मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.