Home » Blog » अध्यादेश अस्वीकृत भए प्रधानमन्त्री ओलीको राजीनामाको अवस्था आउन सक्छ: पूर्व परराष्ट्रमन्त्री खड्का

अध्यादेश अस्वीकृत भए प्रधानमन्त्री ओलीको राजीनामाको अवस्था आउन सक्छ: पूर्व परराष्ट्रमन्त्री खड्का

Ankushdaily
0 comment 3 views
वीरगंज ।
नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्काले संसद्मा अध्यादेश अस्वीकृत भए प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक संकट सामना गर्नुपर्ने र राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
रेडियो नेटवर्कको ‘नेपाली बहस’ लाई अन्तरवार्ता दिंदै उनले सरकार नैतिक तथा राजनीतिक रूपमा कमजोर बन्ने बताए। उनका अनुसार, राष्ट्रिय सभामा सत्तारुढ दलको स्पष्ट बहुमत नरहेकाले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल भइरहेको छ। जसपाले अध्यादेशको गुण-दोषको आधारमा समर्थन गर्ने बताएको उनले जनाए।
“यदि अध्यादेश अस्वीकृत भयो भने सरकार नैतिक संकटमा पर्छ। राजनीतिक अस्थिरता बढ्छ, जसले प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाउन सक्छ,” डा. खड्काले भने।
साथै, उनले वर्तमान परिस्थितिमा संविधान संशोधन सम्भव नदेखिएको उल्लेख गरे। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिनुपर्ने र पूर्व राष्ट्रपति तथा उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु उचित नहुने तर्क राखे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.