Home » Blog » ठमेल बचाऊ: चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको विरोध प्रदर्शन

ठमेल बचाऊ: चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको विरोध प्रदर्शन

Ankushdaily
0 comment 6 views
काठमाडौं ।
राष्ट्रिय एकता अभियान, काठमाडौंले चिनियाँ व्यापारिक अतिक्रमण रोक्न र ठमेलको मौलिक पहिचान जोगाउन आज ठमेलमा एक विशाल विरोध रैली निकालेको छ। स्थानीय व्यापार जोगाऔं, चिनियाँ हस्तक्षेप हटाऔं भन्ने मूल नारासहितको रैलीमा सयौं स्थानीय व्यापारीहरूको उल्लेखनीय सहभागिता रह्यो।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा आयोजित रैलीका सहभागीहरूले ठमेल हाम्रो, व्यापार पनि हाम्रो, स्थानीय व्यवसायीलाई संरक्षण गर, चिनियाँ प्रभुत्व अन्त्य गर जस्ता नारा लगाउँदै आफ्नो विरोध जनाए।
रैलीलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ठमेल काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र भए पनि चिनियाँ प्रभाव दिन प्रतिदिन बढ्दै गएको बताएका छन्। ठमेलमा तिब्बतीकरण तीव्र गतिमा भइरहेको छ। यसलाई रोकिएन भने स्थानीय व्यवसायीहरू विस्थापित हुनेअवस्था आउनेछ। उनले भने। साथै, सरकारले समयमा हस्तक्षेप नगरे नेपाली उद्यमीहरूको अस्तित्व नै संकटमा पर्ने चेतावनीसमेत दिए।
अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी, केन्द्रीय सदस्य मनीष पुर्वे लगायत सयौं स्थानीय व्यापारीहरू उपस्थित रहेको रैली शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
यसअघि पनि राष्ट्रिय एकता अभियानले नेपालमा चिनियाँ व्यापारिक अतिक्रमण र सीमा मिचाइको विरोध गर्दै आएको छ। ठमेल क्षेत्रका व्यवसायीहरूले चिनियाँ प्रभावका कारण नेपाली उद्यमीहरू विस्थापित भइरहेका भन्दै सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्। सहभागीहरूले ठमेलको मौलिकता जोगाऔं, विदेशी हस्तक्षेप हटाऔं भन्दै संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.