Home » Blog » नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईलाइन इन्फ्रामा १५% सम्म छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईलाइन इन्फ्रामा १५% सम्म छुट

Ankushdaily
0 comment 23 views
वीरगंज ।
नेपाल एसबिआई बैंक लिमिटेड र स्काईलाइन इन्फ्रा लिमिटेड, वीरगंजबीच एक समझदारी भएको छ, जसअन्तर्गत बैंकका सबै डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताहरूले विशेष छुट प्राप्त गर्नेछन्। सम्झौताअनुसार, स्काईलाइन इन्फ्राको सेवा प्रयोग गर्दा खाद्य तथा पेय पदार्थ लगायतका सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
सम्झौतापत्रको आदानप्रदान नेपाल एसबिआई बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले गरेका थिए। उक्त अवसरमा बैंकका वीरगंज शाखा प्रमुख राकेश महर्जनसहित बैंक तथा होटलका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि नेपालमा बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.