Home » Blog » प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने

Ankushdaily
0 comment 10 views
वीरगंज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रदेशसभा सभामुख रामचन्द्र मण्डलका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे जनकपुरस्थित प्रदेशसभा भवनमा आयोजित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। “प्रधानमन्त्रीज्यू भोलि बिहान ११ बजे जनकपुर विमानस्थलमा अवतरण गरी सीधै प्रदेशसभा भवन आउनेछन्,” सभामुख मण्डलले जानकारी दिए।
प्रधानमन्त्रीको आगमनको अवसरमा जनकपुर विमानस्थलदेखि प्रदेशसभा भवनसम्म तीनवटा स्वागतद्वार निर्माण गरिएको छ भने सभा हल विशेष रूपमा सजाइएको छ। साथै, प्रदेशसभा परिसरभित्र प्रधानमन्त्रीको सम्मानमा सुरक्षा निकायद्वारा सलामी अर्पणको कार्यक्रम समेत तय गरिएको छ।
प्रधानमन्त्री ओलीले यसअघि कोशी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशसभामा सम्बोधन गरिसकेका छन्। मधेश प्रदेशपछि उनले बागमती प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.