Home » Blog » सुनको मूल्यमा ऐतिहासिक वृद्धि, प्रतितोला १ लाख ८१ हजार नाघ्यो

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, प्रतितोला १ लाख ८१ हजार नाघ्यो

Ankushdaily
0 comment 7 views
काठमाडौं ।
बिहीबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज एकै दिन ५ हजार ७ सय रुपैयाँले उकालो लागेको हो ।
बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार १ लाख ८१ हजार १ सय रुपैयाँमा पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मको उच्चतम दर मानिन्थ्यो ।
यसैगरी, चाँदीको मूल्य पनि ६५ रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको १ हजार ८३५ रुपैयाँबाट बढेर आज १ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.