Home » Blog » दुर्गा प्रसाईलाई नेपाल ल्याइयो, हवाईमाध्यमबाट काठमाडौँ ल्याइने

दुर्गा प्रसाईलाई नेपाल ल्याइयो, हवाईमाध्यमबाट काठमाडौँ ल्याइने

Ankushdaily
0 comment 26 views
काठमाडौँ ।
भारतीय प्रहरीको नियन्त्रणमा रहेका राजावादी अभियानता दुर्गा प्रसाईलाई नेपाल ल्याइपुर्‍याइएको छ।
नेपाली पूर्वी नाका काँकडभिट्टामा ल्याइएको प्रहरी स्रोतले बतायो। उनका अनुसार अबको केहीबेरमा चन्द्रगढी विमानस्थलबाट काठमाडौँ ल्याइनेछ।
प्रसाई निकट स्रोतले पनि वाक्लो सुरक्षा घेराका बीच प्रसाईलाई नेपाल ल्याइएको पुष्टि गरेको छ। ‘उहाँ(प्रसाई)लाई नेपाल ल्याएको हो। तर फोटो खिच्न दिइएको छैन।’ उनी हिजोबाटै भारतको आसममा भारतीय प्रहरीको नियन्त्रणमा थिए। आज नेपाली प्रहरीले नेपाल-भारत नाका काँकडभिट्टाबाट भारतीय प्रहरीबाट बुझेको हो। उनलाई अहिले केहीबेरमा काठमाडौँ ल्याइदैछ।
विमानस्थल स्रोतका अनुसार अहिले बुद्ध एयरबाट  १०: ४५ मा काठमाडौँ ल्याइँदैछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.