Home » Blog » सामाजिक सद्‍भावलाई खलल पुर्‍याउने कार्यविरुद्ध प्रशासनको कडा चेतावनी

सामाजिक सद्‍भावलाई खलल पुर्‍याउने कार्यविरुद्ध प्रशासनको कडा चेतावनी

Ankushdaily
0 comments 54 views
वीरगञ्ज ।
सामाजिक सञ्जालमा भ्रमपूर्ण, उत्तेजनात्मक तथा जातीय द्वेष फैलाउने खालका सामाग्रीहरु सार्वजनिक हुँदै आएकोप्रति जिल्ला प्रशासन कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सार्वजनिक सूचनामा विशेषगरी पुराना घटनाहरूसँग सम्बन्धित सामग्रीहरू, आधा सत्य तथ्य तथा अन्य सामाग्रीहरू सार्वजनिक गरेर वीरगञ्जको सामाजिक सद्भावलाई नोक्सान पुर्‍याउने कार्य भइरहेको जनाइएको छ। यस प्रकारका कार्यहरूले कानूनविपरीतको कार्यलाई प्रोत्साहन दिने तथा शान्ति सुरक्षा कायम गर्न कठिनाइ उत्पन्न हुने भएकाले त्यस्ता सामाग्रीहरू शेयर, लाइक वा कमेन्ट नगर्न सबैमा आग्रह गरिएको छ।
त्यस्तै यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ। साथै, यस्ता सामग्रीहरू हालै हटाइसकेको भए पनि अझै बाँकी रहेका सामाग्रीहरू तुरुन्त हटाउन पनि प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तपेश्वर अर्यालद्वारा हस्ताक्षरित सूचनामा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई खलल पर्ने कुनै पनि कार्य नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ।

सम्बन्धित पोस्टहरू