Home » Blog » बजेट अधिवेशन वैशाख १२ गतेदेखि, शिक्षकको माग सम्बोधन गर्न सरकारको प्रतिबद्धता

बजेट अधिवेशन वैशाख १२ गतेदेखि, शिक्षकको माग सम्बोधन गर्न सरकारको प्रतिबद्धता

Ankushdaily
0 comment 4 views
काठमाडौँ ।
सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु गर्ने सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ। विद्यालय शिक्षा ऐन हाल संसदीय समितिमा विचाराधीन अवस्थामा रहेको छ। मन्त्रिपरिषद् बैठकमा उक्त विधेयकलाई संसदबाट चाँडै पारित गर्ने गरी छलफल गरिएको जानकारी प्राप्त भएको छ।
विद्यालय शिक्षा ऐन पारित गराउने दबाब स्वरूप सामुदायिक विद्यालयका शिक्षकहरू १४ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.