Home » Blog » मुख्य न्यायाधीशको कार्यकक्षमा अबीर र मुकुट राख्दा अदालतको काम प्रभावित

मुख्य न्यायाधीशको कार्यकक्षमा अबीर र मुकुट राख्दा अदालतको काम प्रभावित

Ankushdaily
0 comment 71 views

वीरगन्ज।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईको कार्यकक्षमा एक महिलाले अबीर र मुकुट राख्दा उत्पन्न तनावले अदालतको काम प्रभावित भएको छ ।

सीसीटीभी फुटेजअनुसार, बिहान ८:४८ बजे झोला बोकेर आएकी एक महिला मुख्य न्यायाधीशको कार्यकक्षमा प्रवेश गरी केही समयपछि बाहिरिएकी थिइन्। यस घटनाले मुख्य न्यायाधीश केवल एक निषेधाज्ञाको मुद्दा मात्र हेर्न भ्याउनु भयो, अन्य मुद्दाहरूमा कसैले मोहलत लिए कूनै स्थगित भए।

अदालतका प्रवक्ता सम्मी कपूर साहले भने, “ती महिलाले करिब डेढ घण्टा तनावपूर्ण वातावरण बनाइन्। गोला प्रथाको समयमा उनी लुकेर कार्यकक्षमा प्रवेश गरेकी थिइन्।” प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको छ।

एक स्रोतका अनुसार, आज नागरिकता सम्बन्धी मुद्दा मुख्य न्यायाधीशको इजलासमा तोकिएको थियो। तर घटनापछि न्यायाधीशले प्रतिक्रिया दिँदै भने, “आज केही अनावश्यक तनाव भयो, अबीर राखिएको छ, पछि हेरौंला।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.