Home » Blog » परराष्ट्र मन्त्रालयले भन्यो : नेपाल आतंकवादविरुद्धको सबै लडाइँमा सँगै उभिन्छ

परराष्ट्र मन्त्रालयले भन्यो : नेपाल आतंकवादविरुद्धको सबै लडाइँमा सँगै उभिन्छ

Ankushdaily
0 comment 11 views
काठमाडौं ।
भारत–पाकिस्तानबीच बढ्दो द्वन्द्वका बीच नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गर्दै सबै प्रकारका आतंकवादको विरोधमा दृढ रूपमा उभिने बताएको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरिएको छ, जसमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो ।
मन्त्रालयले उक्त घटनालाई “आततायी आतंकवादी आक्रमण” भन्दै कडा आलोचना गरेको र सो घटनापछि नेपाल र भारत आतंकवादविरुद्ध एउटै धारणा लिएर उभिएको उल्लेख गरिएको छ । नेपालले आफ्ना भूभागबाट कुनै पनि छिमेकी मुलुकविरुद्ध अवाञ्छनीय गतिविधि हुन नदिने स्पष्ट पारेको छ ।
यस्तै, नेपालले भारत–पाकिस्तानबीचको चुलिंदो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान गरी दक्षिण एशियामा स्थिरता र शान्ति कायम हुने आशा व्यक्त गरेको छ । यद्यपि भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणबारे भने विज्ञप्तिमा कुनै उल्लेख गरिएको छैन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.