Home » Blog » युद्ध रोक्न भारत–पाकिस्तानबीच समझदारी, स्थल, आकाश र समुद्रमा कारबाही बन्द

युद्ध रोक्न भारत–पाकिस्तानबीच समझदारी, स्थल, आकाश र समुद्रमा कारबाही बन्द

Ankushdaily
0 comment 7 views
वीरगंज।
भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ। दुबै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुने गरी सहमति भएको जानकारी दिएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धविराममा सहमति भएको जानकारी दिएका थिए।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति सार्वजनिक गरेका हुन्।
भारतका परराष्ट्र सचिव विक्रम मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग टेलिफोन वार्ता गरेका थिए, जसमा पूर्ण युद्धविरामको सहमति भएको पुष्टि भएको हो।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७:०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध तथा सैन्य गतिविधि रोक्ने सहमति भएको छ।’
दुवै देशका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ। साथै, दुबै अधिकारीबीच आगामी मे १२ का दिन दिउँसो १२ बजे पुनः संवाद हुने जानकारी पनि दिइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.