Home » Blog » बिहे भोज खाँदा सयभन्दा बढी बिरामी

बिहे भोज खाँदा सयभन्दा बढी बिरामी

Ankushdaily
0 comment 23 views
जनकपुरधाम — धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा आयोजित विवाह भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। जन्ती र स्थानीयसमेत पेट दुख्ने, बान्ता आउने लगायतका समस्या देखिएपछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको हो।
नरेश महराको छोरीको विवाहका अवसरमा जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट जन्ती आएको थियो। स्वयम्बर सकिएपछि खाजामा बुनियाँ, रसबरी लगायतका परिकार खुवाइएको थियो। खाजा खाएपछि एकैपटक सयभन्दा बढी व्यक्ति बिरामी परे।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख डा. उमेश यादवका अनुसार ४५ भन्दा बढी व्यक्तिलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई नजिकका क्लिनिक तथा अस्पतालहरूमा उपचार गराइएको छ। केही बिरामी उपचारपछि घर फर्किसकेका छन्। घटनाको कारण पत्ता लगाउन खाजाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्टपछि यथार्थ खुलेको जानकारी प्रमुख यादवले दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.