Home » Blog » मखन टोलमा चारतले घरमा भीषण आगलागी, एक महिलाको मृत्यु

मखन टोलमा चारतले घरमा भीषण आगलागी, एक महिलाको मृत्यु

Ankushdaily
0 comment 10 views
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगलागी भएकाे छ ।
बुधकार विहान आगलागी हुँदा एक महिलाको मृत्यु छ । आगलागीमा परी मृत्यु भएकी महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.