122

(स्तम्भकार कुमार रुपाखेती)
जापानका विद्यार्थीहरूले आफ्नो खाजाको रकम कटौती गरेर वीरगञ्जको ऐतिहासिक घण्टाघरको घडी उपहारमा वीरगञ्ज पठाएका थिए। केही वर्षअघि व्यस्क (तरुणो) भएपछि उनीहरू जापानबाट वीरगञ्जको घण्टाघर हेर्न लामो यात्रा तय गरेर वीरगञ्ज आएका थिए।
तर लामो समयदेखि वीरगञ्ज महानगरपालिकाले जिर्ण भएको भन्दै घण्टाघरलाई बेहुली झैँ घुम्टो ओढाएर राखेको छ। जिर्ण घण्टाघरको मर्मत सम्भारको नाममा लामो समयदेखि त्रिपालले छोपेर कछुवाको गतिमा काम गर्नाले महानगरपालिकाको कार्यक्षमतामा प्रश्न गर्ने थुप्रै वीरगञ्जवासी छन्। बेलाबेलामा घण्टाघरको बिजोग हामीले देख्दै आएका छौँ। कहिले लामो समयसम्म घण्टाघरको घडी बन्द हुने, घण्टाघरको घडी स्लो र कहिले फास्ट हुने र अहिले मर्मत सम्भारको नाममा त्रिपाल ओढाएर राखिएको छ।
“खोदा पहाड, निकाल चुहा” अहिले महानगरका मेयरको पहिचान बनेको छ। मेयर व्यस्त छन्, कहिले अख्तियारमा त कहिले अदालतको सेरोफेरोमा।