Home » Blog » वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीको सम्मानमा विशेष बिदाइ समारोह सम्पन्न

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीको सम्मानमा विशेष बिदाइ समारोह सम्पन्न

Ankushdaily
0 comment 8 views
वीरगञ्ज
वीरगञ्ज कलेजले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूको सम्मानमा शुक्रबार एक विशेष बिदाइ कार्यक्रम आयोजना गरेको छ। वीरगञ्जको क्लासिक ब्याङ्क्वेटमा आयोजित सो समारोह शिक्षामार्फत भविष्य निर्माण गर्ने यात्राको प्रतीकस्वरूप मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी शर्मा रहेका थिए। सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पत्रकार दिपेन्द्र चौहान, राघव साहलगायत समाजसेवा, शिक्षा र प्रशासन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूकाे कठिन परिश्रमप्रति सम्मान प्रकट गर्नुका साथै उनीहरूको आगामी जीवन यात्राका लागि प्रेरणा र शुभकामना व्यक्त गर्नु रहेको आयोजकले बताएका छन्।
वीरगञ्ज कलेज सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले शिक्षा जीवन परिवर्तन गर्ने मूल आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सकारात्मक सोच र निरन्तर प्रयासमार्फत अगाडि बढ्न आग्रह गरे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.