Home » Blog » मधेस प्रदेशमा डा शेखर प्रति आकर्षण बढदै, अमात्यद्वारा शक्ती प्रदशर्नको तयारी

मधेस प्रदेशमा डा शेखर प्रति आकर्षण बढदै, अमात्यद्वारा शक्ती प्रदशर्नको तयारी

Ankushdaily
0 comment 242 views
विरगंज ।
संविधान सभा सदस्य एवम् नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले भदौ १४ गते विरगंज र पर्सा जिल्ला काँग्रेसमय हुने बताउनुभयो। उहाँले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला बी.पी. उद्यमशील अभियान – मधेस प्रदेशको कार्यक्रममा प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्न आउन लागेको बताउनुभयो।
बी.पी. कोइराला सोसलिस्ट इन्टरनेशनलद्वारा आयोजित यो कार्यक्रमका संयोजक रहेका अमात्यले मधेस प्रदेशमा र खासगरी पर्सा जिल्लामा आफ्नो शक्ति प्रदर्शनको तयारीमा लागेको बताइन्छ।
वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकर्तालाई संरक्षण गर्छन्, आफ्नो गुटलाई बलियो बनाउन जे पनि गर्छन् तर उदाएको सूर्य अब अस्ताउने बेलामा भएकाले आकर्षण घटेको चर्चा गर्दै नेता अमात्यले पछिल्लो समयमा मधेस प्रदेशमा कोइराला समूह बलियो हुँदै गएको दाबी गर्नुभयो।
“I win, I need” वाला थ्योरीमा हिँड्ने देउवा प्रधानमन्त्री बन्ने कुरामा शंका व्यक्त गर्दै अमात्यले जेन्टल म्यान एग्रिमेन्ट अनुसार त उहाँ नै बन्नु पर्ने हो तर बनेर गर्नु के हुन्छ? भनेर प्रतिप्रश्न गर्दै मुलुक र पार्टी दुबैलाई क्षति व्यहोर्नु पर्ने हुन्छ भने।
मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला गुटप्रति आकर्षण बढेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षलाई यो कुराको अनुभूति भएपछि पार्टीका सहमहामन्त्री महेन्द्र यादव र मधेश प्रदेशका पार्टी अध्यक्ष कृष्णा यादवले महोत्तरीका देवेन्द्र यादवलाई हतारमा पार्टी प्रवेश गराए। पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित भएर दिएको पार्टी सदस्यता २४ घण्टा नबित्दै खोस्नु पर्ने स्थिति मिडियाले बनाई दियो।
लोसपाका पूर्व महामन्त्री रहेका देवेन्द्र यादवमाथि तत्कालीन सशस्त्र प्रहरीका असई थमन बिकको हत्याको आरोप लागेको र अदालतमा फरार प्रतिवादी रहेको बताइन्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.