Home » Blog » हैजा सङ्क्रमणबीच गगन थापाद्वारा नारायणी अस्पताल अवलोकन र बिरामी भेटघाट

हैजा सङ्क्रमणबीच गगन थापाद्वारा नारायणी अस्पताल अवलोकन र बिरामी भेटघाट

Ankushdaily
0 comment 27 views
वीरगञ्ज ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा शुक्रबार नारायणी अस्पताल पुगेका छन्। पर्सामा तीव्र रूपमा फैलिँदै गएको हैजाको सङ्क्रमणबीच उनी उपचाररत बिरामीसँग भेटघाट गर्न र अस्पतालको अवस्थाबारे जानकारी लिन पुगेका हुन्।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले बिरामीलाई सरकारले सबै किसिमको सहयोग गर्ने आश्वासन दिए। साथै उनले सरकारलाई तुरुन्तै राहत प्याकेज घोषणा गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर हैजाविरुद्धको खोप छिट्टै उपलब्ध गराइने विश्वास दिलाए।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार, थापाले नारायणी अस्पताललाई ५०० शय्यामा विस्तार गर्ने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
मधेस प्रदेशको भ्रमणका क्रममा थापा हैजाले प्रभावित वीरगञ्जवासीको अवस्था बुझ्न अस्पताल पुगेका हुन्। हालसम्म पर्सा जिल्लामा १५२ जनामा हैजा पुष्टि भइसकेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.