Home » Blog » नवरात्रीको अवसरमा लायन्स क्लबद्वारा गहवामाई मन्दिरमा प्रसाद वितरण

नवरात्रीको अवसरमा लायन्स क्लबद्वारा गहवामाई मन्दिरमा प्रसाद वितरण

Ankushdaily
0 comment 10 views
वीरगञ्ज ।
नवरात्री पर्वको शुभ अवसरमा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटी, लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सेसमी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज विजयपथको संयुक्त आयोजनामा बुधवार गहवामाई मन्दिर परिसरमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा गहवामाई मन्दिर दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुलाई प्रसाद वितरण गर्दै सबैमा आपसी एकता, धार्मिक आस्था र सामाजिक सद्भावलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो । भक्तिभावले सम्पन्न प्रसाद वितरण कार्यक्रममा सहभागीहरूले यस प्रकारका सामाजिक तथा धार्मिक क्रियाकलापले समुदायमा आपसी सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका उप–गभर्नर लायन राम बिहारी पाण्डले समुदायलाई सेवा गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक, धार्मिक तथा मानव सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साहको अध्यक्षतामा भएको प्रसाद वितरण कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ को–चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, एरिया चिफ लायन रामेश्वर प्रसाद गुप्ता, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज सेसमी एकेडेमीकी उपाध्यक्ष लायन अहिल्या श्रेष्ठ, पिंक सिटीकी सचिव लायन नितु गुप्ता, लायन रुपशिला जैसवाल, समाजसेवी कनिका कौशिक लगायत लायन्स क्लबका अन्य सदस्य तथा स्थानिय स्वंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.