33
वीरगंज ।
वीरगंज ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
पदको मर्यादा विपरीत आचरण गरेको आरोप लगाउँदै सात दलका ७४ जना सांसदले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्ताव दर्ता गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) रहेका छन् ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममा उत्पन्न विवादका कारण सात दलले संयुक्त रूपमा सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
