Home » Blog » नेपाल प्रिमियर लिग दोस्रो संस्करण आजदेखि

नेपाल प्रिमियर लिग दोस्रो संस्करण आजदेखि

Ankushdaily
0 comment 10 views
विरगन्ज ।
लामो प्रतीक्षापछि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन मुकाबिला दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा अघिल्लो सिजनको च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ।
यसपटकको लिगमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइजी टिम सहभागी छन्, जसमा विदेशी खेलाडीहरू पनि रहेका छन्।
कुल ३२ खेलमध्ये २३ वटा सामना फ्लडलाइटमा हुनेछ। लिग चरण मंसिर २१ मा सकिनेछ। त्यसपछि मंसिर २३ मा अंकतालिकाको शीर्ष दुई टोली पहिलो क्वालिफायरमा भिड्नेछन्। विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ। मंसिर २४ को इलिमिनेटरमा तेस्रो र चौथो स्थानका टिम प्रतिस्पर्धा गर्नेछन्, जसको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायर मंसिर २५ मा र प्रतियोगिताको फाइनल मंसिर २७ गते शनिबार हुनेछ।
विजेता टोलीले १ करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थानले १५ लाख पुरस्कार प्राप्त गर्नेछ।
क्यानले प्रायोजक, फ्रेन्चाइजी, ओटीटी र टिकट बिक्रीबाट यो संस्करणमा ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। उद्घाटन खेलका लागि साधारण टिकट ५०० र भीआईपी १,५०० तोकिएको छ। प्लेअफ र फाइनलका लागि साधारण १,००० र भीआईपी २,००० रुपैयाँ पर्नेसम्मको व्यवस्था मिलाइएको छ।
एनपीएलको प्रत्यक्ष प्रसारण नेपालमा कान्तिपुर म्याक्स एचडी र विदेशमा स्टार स्पोर्ट्समार्फत हुने जानकारी दिइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.