Home » Blog » मुख्यमन्त्री सरोज यादवलाई नीतिगत निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

मुख्यमन्त्री सरोज यादवलाई नीतिगत निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

Ankushdaily
0 comment 18 views
विरगंज ।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई कुनै पनि नीतिगत तथा दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र सरोज कुमार पोखरेलको इजलासले मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।
सर्वोच्चले मुद्दाको टुंगो लागेसम्मका लागि आदेश निरन्तर रहने उल्लेख गर्दै संविधानको धारा १६८(४) अनुसार विश्वासको मत प्राप्त गर्ने प्रक्रियाविपरीतका कुनै पनि कदम नचलाउन निर्देशन दिएको छ।
मधेश सरकार संविधानको धारा १६८(३) बमोजिम गठन भएको थियो। तर दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई ठूलो दलको दाबीमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले काठमाडौं जाने बहानामा बर्दिबासको पानस होटलमा शपथ ग्रहण गराएकी थिइन्।
उक्त विवादास्पद कदमपछि प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरियो भने नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गरिसकेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.