Home » Blog » प्रजिअ अर्याल बोकेर गएको स्कोर्पियो चालकले भाडाबापतको पैसा पाएनन्

प्रजिअ अर्याल बोकेर गएको स्कोर्पियो चालकले भाडाबापतको पैसा पाएनन्

Ankushdaily
1 comment 2.3K views
वीरगंज ।
पर्साबाट सरुवा भई चितवन गएका प्रजिअ गणेश अर्याल चढेर गएको भाडाको स्कोर्पियोको भाडा नदिँदा चालक मारमा परेको छ। समाजको अगाडि अर्ति–उपदेश दिँदै हिँड्ने प्रजिअ अर्याल पर्सामा पनि अनेक नौटँकी रचेर प्रायः चर्चामा आउने प्रयास गर्दै आएका थिए।पैसा खाएर क्यासिनोलाई सिफारिस गरेको आरोप लागेपछि र उनको अदूरदर्शिताका कारण वीरगञ्जका एक कैदीको अनाहकमै ज्यान गुमाएको विषयले गर्दा पर्साबाट अर्यालको भदौं ४ गते सरुवा गृह मन्त्रालयले समयभन्दा अगाडि नै गरेको थियो
यहाँबाट जाँदा पत्रकार सम्मेलन गरेर आफ्नो कमजोरी लुकाउँदै मेयर राजेशमान सिंहकै कारण आफू यस ठाउँमा बस्न नचाहेको भनेर झुटको खेती गर्दै भ्रम छरेका थिए। सोही समय यहाँबाट जाँदा उनले चैनपुर बस्ने चिम्नी भट्टाका सञ्चालक धनञ्जय साहले उपलब्ध गराएको भाडाको मधेश प्रदेश-०३ ००१ च ६३९५ नम्बरको स्कोर्पियो चढेर प्रजिअ अर्याल चितवन हुँदै काठमाडौं गएका थिए।
सो नम्बरको गाडी चालक शिवशंकर चौधरीले गाडी भाडा र तेलबापत १९ हजार रुपैयाँमा जम्मा ९ हजार रुपैयाँ धनञ्जयले दिएको र बाँकी १० हजार रकम माग्दा–माग्दा हैरान  भएको बताए।
गाडीधनीले आफ्नो तलबबाट १० हजार रुपैयाँ असुल गरिसकेको र आफूले महिनौंदेखि पैसा नपाएको गुनासो गरे। यसबारे हाल चितवनका प्रजिअ रहेका गणेश अर्याललाई खबर गर्दा पनि उनले वास्ता नगरेको चालक चौधरीको भनाइ छ।
कम्बल ओढेर घ्यु पिउने प्रवृत्तिका गणेश अर्याल कस्ता खालका मान्छे हुन् भन्ने कुरा यो एउटा सानै घटनाले प्रष्ट्याएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.