Home » Blog » द्वैध नागरिक गुप्ताद्वारा करोडौंको ठगी

द्वैध नागरिक गुप्ताद्वारा करोडौंको ठगी

Ankushdaily
0 comment 699 views
वीरगञ्ज।
एक भारतीय द्वैध नागरिकले नाम बदलेर नेपाली नागरिकता हासिल गरी एक व्यापारीलाई करोडौँ रुपैयाँ ठगी गरेको घटना उजागर भएको छ।
रक्सौल घर भएका स्व. रामकुमार कलवारका दुई छोरा लालबाबु कलवार र रामबाबु कलवारमध्ये लालबाबुले झुटो विवरण पेश गरी नाम समेत परिवर्तन गरेर ‘प्रेम कमार गुप्ता’ को नामले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका छन्। सोही आधारमा हालसालै उनले आफ्नो सन्तानलाई पनि नागरिकता दिलाएका छन्।
काठमाडौंका व्यापारी ओमप्रकाश मोरको छवगछिया नजिकैको गोदामबाट करोडौँ रकमको दाल र चिनी चोरेर अन्य व्यापारीलाई बिक्री गरेको पोल खुलेपछि व्यापारीहरूले पञ्चायती बसेर सामानधनी ओमप्रकाश मोरलाई केही वर्षअघि चार करोड एक लाखको चेक दिएका थिए। उक्त चेक बाउन्स भएको र अदालतबाट कारबाही प्रक्रिया अगाडि बढेर ओमप्रकाश मोरको पक्षमा फैसला भएको थियो। पैसाको सट्टा आफ्नो काठमाडौंको घर दिने सहमति प्रेम कमार गुप्ताले गरेका थिए। सानेपास्थित सो घर राखेर प्रेम कमार गुप्ताले लक्ष्मी सनराईज बैंक लि. बाट लोन लिएका थिए।
लोन चुक्ता गरे पनि मालपोत कार्यालय ललितपुरबाट फुकुवा कागज नलिएर प्रेम कमार गुप्ताले दुःख दिन थालेपछि उनीविरुद्ध ओमप्रकाशका छोरा गौरव मोरले जिल्ला अदालत पर्सामा जालसाजी गरेको मुद्दा दर्ता गरेका छन्। अहिले पर्सा जिल्ला अदालतले मालपोत कार्यालय ललितपुरबाट जग्गा फुकुवा भएको कि नभएको जानकारी माग्न आदेश दिएको जानकारी प्राप्त भएको छ।
यस सन्दर्भमा बुझ्न खोज्दा प्रेम कमार गुप्ताले केही बताउन चाहेनन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.