32
बिरगंज ।
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा शुक्रबार संस्थाको आफ्नै भवनमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा सम्पन्न सभामा स्वागत मन्तव्य अमर राजभण्डारीले व्यक्त गरेका थिए। आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गौतमले सहकारीको कुल आम्दानी रु. ७ करोड ३६ लाख, कुल खर्च रु. ४ करोड ३६ लाख, र सञ्चालन मुनाफा रु. ३ करोड भएको जानकारी दिए। साथै, सदस्यहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्नुका साथै ऋणी र बचतकर्ता सदस्यहरूलाई रु. ३२ लाख ७४ हजार संरक्षित पूँजी फिर्ता कोष वितरण गर्न सफल भएको बताए।
