Home » Blog » १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

१० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

Ankushdaily
0 comment 134 views
वीरगन्ज।
पर्सामा श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष जानकारीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आज बिहान वीरगन्ज–१६  मा जाँच गर्ने क्रममा रकमसहित पक्राउ गरेको हो।
भारत बिहार मोतिहारी जिल्ला रक्सौल–१ बस्ने ५३ वर्षीय सुन्दर साहलाइ प्रहरीले पक्राउ गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
प्रहरीले साहको साथबाट मधेश प्रदेश०३–०२५–९८०७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जानकारी दिएको छ ।
प्रहरीले उनलाई शंकास्पद देखिएपछि चेकजाँच गर्दा मोटरसाइकलको एअर–फिल्टरभित्र लुकाइएको नगद फेला परेको जनाएको छ।
प्रहरीले १ हजार दरका ७ सय थान र ५ सय दरका ६ सय थान नोट बरामद गरेको हो ।
साहलाई रकमसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.