Home » Blog » गाँजासहित भारतीय नागरिक पक्राउ

गाँजासहित भारतीय नागरिक पक्राउ

Ankushdaily
0 comment 10 views
विरगंज ।
पर्सा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बिहारको बेतिया जिल्ला, ग्राम मुसहरी पञ्चायत–१३ का ६५ वर्षीय गामा विन हुन्।
विनलाई गाँजा ओसारपसार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साको टोलीले शनिबार राति पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार विनले एउटा बोरा पिठ्यूँमा बोकेका थिए भने अर्को टाउकोमा राखेका थिए। पाठकका अनुसार दुवै बोरामा २९ किलो गाँजा फेला परेको थियो।
गाँजा बरामद भएपछि प्रहरीले विनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.