Home » Blog » कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

Ankushdaily
0 comment 5 views
काठमाडौँ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन फागुन २१ गतेको चुनावअघि वा पछि भन्ने बिषयमा झण्डै डेढ महिनाको रस्साकस्सीपछि  महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.