Home » Blog » स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

Ankushdaily
0 comment 6 views
वीरगञ्ज ।
दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।
स्व. सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा यात्रा डेली डटकमका डेस्क सम्पादक आशु सर्राफलाई २१ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओढाई सम्मानित गर्दै पत्रकारितामा सर्राफको सक्रियता, प्रतिबद्धता र योगदान प्रशंसनीय रहेको उल्लेख गरे।
कार्यक्रममा वक्ताहरूले स्व. नरेश सर्राफको सत्यनिष्ठा, पेशागत निष्ठा र मूल्य–मान्यताले नयाँ पुस्ताका पत्रकारलाई महत्वपूर्ण प्रेरणा मिलेको बताए। उनीहरूको अनुसार, सर्राफले देखाएको मार्गदर्शन आजका पत्रकारका लागि सन्देशमूलक बनेको छ।
पुरस्कार वितरण कार्यक्रममा स्व. सर्राफका परिवारका सदस्य, नेकपा नेता बालगोपाल थापा, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समितिका संयोजक के.सी. लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्साका अध्यक्ष ओमप्रकाश खानल, प्रेस सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटेलगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.