Home » Blog » २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश

Ankushdaily
0 comment 3 views
काठमाडौँ ।
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।
सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो ।
गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
अब सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ ।यदी उनले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहनेछन् । विश्वासको मत नपाएमा अर्को विकल्प गर्नू भनेर समेत सर्वोच्च अदालतले आदेश दिएको छ । आदेश अनुसार, प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.