Home » Blog » मधेसमा सरकार गठनका लागि सात दल आज दाबी पेश गर्दै

मधेसमा सरकार गठनका लागि सात दल आज दाबी पेश गर्दै

Ankushdaily
0 comment 10 views
जनकपुर ।
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात राजनीतिक दलले संयुक्त रूपमा आज दाबी पेस गर्ने भएका छन्।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज शुक्रवार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका छन्। गठबन्धनको तर्फबाट भने दिउँसो २ बजे दाबी पेस गर्ने तयारी भएको जसपा नेपालका सांसद तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।
‘मुख्यमन्त्री हुने व्यक्ति टुंगो भइसकेका कारण आज २ बजे दाबी पेस गर्न जान्छौँ,’ उनले भने।
गठबन्धनमा नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.